FAQs Complain Problems

गणतन्त्र दिवसका अवसरमा बरेङका अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण

२०८० जेष्ठ १५ । बरेङ गाउँपालिकाले  अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण  गरेको छ । पालिकाले गणतन्त्र दिवसको अवसर पारेर सोमवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच २० जना अभिभावकविहीन,गरिब तथा विपन्न बालबालिकाहरूलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरेको हो ।

 वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नुभएको थियो भने पालिका अध्यक्ष शर्माले छात्रवृत्ति रकम विशुद्ध पठनपाठनमा मात्रै खर्च गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै बरेङ गाउँ शिक्षा समिति सदस्य तथा पुरुषोदय मा वि कि शिक्षिका याममाया के सी ले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो । अभिभावकविहीन विद्यार्थीले छात्रवृत्ति रकम पाएपछि खुसी व्यक्त गरेका थिए ।

बाँकी रहेका अन्य बालबालिकालाई क्रमश छात्रवृत्ति वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता र प्राविधिक सहायक विष्णुप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो ।

 

 

 

आर्थिक वर्ष: